झापा, पुष १८ । प्रतिबन्धित लागूऔषधसहित झापा दमकका तीन युवा बिर्तामोडमा पक्राउ परेका छन् ।

पक्राउ पर्नेहरुमा दमक ४ बस्ने बर्ष २३ का राजा माझी, दमक १ बस्ने बर्ष २९ का टेकबहादुर कुमाल र सोही ठाउँ बस्ने बर्ष ३३ का हर्कबहादुर कुमाल रहेका छन् ।

गएराति ९ बजे बिर्तामोड ४ स्थित १ किलोमिटर क्षेत्रबाट उनीहरुलाई प्रहरीले नियन्त्रणमा लिएको हो । इलाका प्रहरी कार्यालय बिर्तामोड र लागूऔषध ब्युरो काँकडभिट्टाबाट खटिएको संयुक्त टोलीले उनीहरुको साथबाट प्लास्टिकबाहेक ६ ग्राम १५० मिलिग्राम ब्राउनसुगर, प्रतिबन्धित नाइट्रोजन ट्याव्लेट ५५ वटा बरामद गरेको छ । तीनैजनालाई नियन्त्रणमा लिई इप्रका बिर्तामोडमा राखिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्