झापा, पुष १८ । जिउ मास्ने बेच्ने मुद्धाका फरार प्रतिवादी बिर्तामोड १० पत्थरभिट्टा बस्ने ५५ वर्षीय कमल खतिवडा २८ वर्षपछि पक्राउ परेका छन् ।

जिउ मास्ने बेच्ने कसुरमा २०५४ फागुन १४ गते जिल्ला प्रहरी कार्यालय भक्तपुरमा मुद्दा दर्ता भएर लुकिछिपि बस्दै आएका खतिवडालाई खोजतलास गर्ने क्रममा हिजो साँझ ६ बजे बिर्तामोड वडा नं.१० ठुटेवरबाट झापा प्रहरीले पक्राउ गरेको हो । उनलाई आज जिल्ला प्रहरी परिसर भक्तपुर लगिएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।



