झापा, पुष १८ । विगत दुई महिनादेखि पूर्वराजा ज्ञानेन्द्र शाह दमकमा रहिरहँदा परिवारका अन्य सदस्यहरु पनि आइपुगेका छन् ।

आज दिउँसो १२ः४० बजे चन्द्रगढी बिमानस्थलमा काठमाडौदेखि बुद्ध एयरमा पूर्वराजा ज्ञानेन्द्र शाहकी बुहारी ,नाति हृदयेन्द्र,नातिनी पूर्णिका, शिताष्मा शाहलगायत १५ सदस्यीय टोली आइपुगेको हो । उनीहरु बा ६ च२८२९, बा ४ च ३८०७ न गाडीमा दमक –९ हिमालयन महालक्ष्मी टि इस्टेटस्थित मिनी दरबारतर्फ गएका छन् ।
पूर्वराजा ज्ञानेन्द्र शाह, पूर्वरानी कोमल, छोरी प्रेरणासहित ७ सदस्यीय टोली गत कात्तिक १९ गते आएको थियो । उनीहरु दमकमै रहेका छन् ।



