झापा, पुष १८ । ९ दिनअघि मोटरसाइकल दुर्घटनामा घाइते भएका मोटरसाइकल चालक अर्जुनधारा ६ का ३० वर्षीय बुद्ध तामाङको मृत्यु भएको छ ।

बिर्तामोडको बीएण्डसी अस्पतालमा उपचारका क्रममा आज दिउँसो १ बजे उनको मृत्यु भएको हो । गत पुष ९ गते राति १०.३० बजे अर्जुनधारा वडा न.६ महानन्द चोकको दास पुलनजिकै शनिश्चरे–बिर्तामोड सडकखण्डमा शनिश्चरेबाट बिर्तामोडतर्फ आउँदै गरेको मे २ प २४६८ न.को मोटरसाइकल आफै अनियन्त्रित भई नालीमा पसेको थियो ।

दुर्घटनामा मोटरसाइकल चालक तामाङ र सोही मोटरसाइकल पछाडी सवार अर्जुनधारा ४ बस्ने ४० वर्षीय मोहनराज कार्की घाइते भएका थिए । दुवै घाइतेलाई बीएण्डसी अस्पताल लगिएको थियो । अर्का घाइतेको उपचार भइरहेको छ ।

कानुनी प्रक्रिया सकेर तामाङको शव पोष्टमार्टमको लागि प्रादेशिक अस्पताल भद्रपुर पठाइएकोमा पोष्टमार्टमपश्चात् शव आफन्तले बुझिलगेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्