झापा, पुष १९ । झापाको कन्काई नगरपालिका –४ स्थित कन्काई माई पुलपूर्व शंकास्पद वस्तु फेला परेको छ ।

आज बिहान कालो झोलामा प्रेसर कुकर राखिएको र त्यहाँबाट तार निकालिएको अबस्थामा पूर्वपश्चिम राजमार्गको पूर्वपट्टि सो शंकास्पद वस्तु फेला परेको हो ।
घटनास्थलमा केहीबेरअघि प्रहरी टोली पुगेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी डीएसपी खगेन्द्र खड्काले बताए । उनले सो शंकास्पद वस्तु निश्क्रिय बनाउन सेनाको डिस्पोजल टोलीलाई खबर गरिएको जानकारी दिए । सडक छेउमा शंकास्पद वस्तु फेला परेपनि सडक अवरुद्ध भएको छैन ।



