झापा, पुष १९ । झापा कन्काई नगरपालिका वडा नं. ४ स्थित पूर्वपश्चिम राजमार्गमा पर्ने माईखोला पुलनजिक सडकको उत्तरी भागमा फेला परेको शंकास्पद वस्तु नेपाली सेनाले निष्क्रिय पारेको छ ।

त्यहाँ कालो झोलामा प्रेसर कुकर र तार जस्तो देखिने शंकास्पद बस्तु फेला परेको थियो । बिहान ६ बजे स्थानीयवासीले खबर गरेपश्चात उक्त स्थानमा इलाका प्रहरी कार्यालय सुरुङ्गाबाट गएको प्रहरी टोलीले एरिया कर्ड गरेको थियो ।

त्यसपछि श्री अरिदमन गणका गणका सेनानी आनन्दकुमार श्रेष्ठको कमाण्डमा बम डिस्पोजल टिमसहित १० जनाको फौज बिहान ७ बजेर १५ मिनेटमा घटनास्थलमा पुगेको थियो । केहीबेरअघि बम डिस्पोज गरिएको गणले जनाएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्