बिर्तामोड, पुष १९ । बिर्तामोड ५ स्थित बिर्ता धनलक्ष्मी बचत तथा ऋण सहकारी संस्थाको बाह्रौ वार्षिक साधारण सभा सम्पन्न भएको छ ।

बिर्तामोड ५ स्थित जेष्ठ नागरिक भवनमा संस्थाका अध्यक्ष चन्द्रप्रसाद काफ्लेको अध्यक्षता तथा जेष्ठ सदस्य मदनकुमार गौतमको प्रमुख आतिथ्यमा साधारण सभा सम्पन्न भएको हो । संस्थाको वार्षिक प्रतिवेदन प्रस्तुत गर्दै अध्यक्ष काफ्लेले आफ्नो संस्था निरन्तर प्रगतितर्फ उन्मूख रहेको बताए । एक हजार ४१६ जना शेयर सदस्य रहेको संस्थामा शेयर पुँजी ८० लाख ५८ हजार ७०० , निक्षेप २ करोड २० लाख ६४ हजार ४३८ , जगेडा कोष २९ लाख २१ हजार ६४२ , अन्य विभिन्न कोषमा ५ लाख ९ हजार २०० रुपैयाँ रहेको जानकारी दिए । त्यस्तै लेखा सुपरीवेक्षण समितिका सदस्य खेमराज कोइरालाले लेखा प्रतिवेदन प्रस्तुत गरेका थिए ।
कार्यक्रममा बिर्ता धनलक्ष्मी वर्ष सम्मान पुरस्कार हिमालचन्द्र शिवाकोटी , उत्कृष्ट बचतकर्ता सम्मान पुरस्कार तेजप्रसाद उप्रेती , उत्कृष्ट व्यवसायी सम्मान पुरस्कार गोविन्दप्रसाद खनाल , उत्कृष्ट कर्मचारी सम्मान पुरस्कार सृजना आचार्य , एकल सदस्य सम्मान तथा पुरस्कार दिपादेवी दर्जी , जेष्ठ सदस्य सम्मान पुरस्कार विष्णुमाया तिम्सिना , उत्कृष्ट मासिक बचत सम्मान पुरस्कार आशबहादुर लिम्बू , उत्कृष्ट विद्यार्थी सम्मान पुरस्कार विपाशा राजवंशी र युनिटी ढकाललाई प्रदान गरिएको संसथाका सचिव पदमप्रसाद खड्काले जानकारी दिए ।
संस्थाका उपाध्यक्ष विष्णु मैनाली उप्रेतीले स्वागत मन्तव्य राखेको कार्यक्रमको संचालन व्यवस्थापक सृजना आचार्यले गरेकी थिइन् ।



