बिर्तामोड, पुष २० । आज साँझ बिर्तामोड ६ मा भएको आगलागीबाट ग्वाली जलेर नष्ट भएको छ ।

साँझ ५ः१५ बजे बिर्तामोड वडा न.६ बुट्टाबारी बस्ने होममणि बस्नेतको टिनको छानो ,बाँसको टाटीबेरा भएको एकतले ग्वालीमा खोले पकाउने क्रममा अचानक आगलागी भएको हो । आगलागीबाट ग्वाली र ग्वालीभित्र रहेका काठपात, टिन र ट्रयाक्टरको पाटपुर्जा पूर्णरुपमा जल्दा अन्दाजी १ लाख ५० हजार बराबरको क्षति भएको छ ।

स्थानीयबासी, प्रहरी र बिर्तामोड नगरपालिकाको दमकलको सहयोगमा उक्त आगो साँझ ५;४० बजे पूर्णरुपमा नियन्त्रणमा आएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्