झापा, पुष २० । झापाको बिर्तामोड ५ मा राजवंशी समाज विकास समितिको नयाँ कार्यसमिति गठन भएको छ ।

अन्जु राजवंशीको अध्यक्षतामा ५ नं वडा समितिको नयाँ समिति गठन भएको हो । जसको उपाध्यक्षहरुमा शंकर राजवंशी र भाग्यवती राजवंशी , सचिव बिमला राजवंशी र कोषाध्यक्षमा रबिनाकुमारी राजवंशी रहेका छन् । त्यस्तै सदस्यहरुमा उमादेवी राजवंशी, पदम राजवंशी, लेदो राजवंशी, लालमाया राजवंशी,रिता राजवंशी ,पाब्नीसरी राजवंशी र इन्दिरा राजवंशी रहेका छन् ।
तेस्रो अधिवेशनअन्तर्गत नयाँ कार्यसमिति गठन गर्न प्रदिप राजवंशीको संयोजकत्वमा तीन सदस्यीय निर्वाचन मण्डली गठन गरिएको थियो । जसको सदस्यहरुमा मेनुका राजवंशी र तिलचन राजवंशी रहेका थिए ।
राजवंशी समाज विकास समितिका वडा समिति अध्यक्ष रुपा राजवंशीको अध्यक्षता तथा जिल्ला अध्यक्ष उत्तम राजवंशीको प्रमुख आतिथ्यमा भएको अधिवेशनमा बिर्तामोड नगर अध्यक्ष सिरतलाल राजवंशी , नगर सचिव बालकृष्ण राजवंशी , सहसचिव झलकसिंह राजवंशी , नगर सल्लाहकार गंगा राजवंशी , ९ नं वडा समितिका प्रदिप राजवंशी, राजवंशी विकास प्रतिष्ठानका अध्यक्ष सुरेन राजवंशीलगायतको आतिथ्यता रहेको थियो ।



