कुमरखोद, पुष २१ । झापा गाउँपालिका वडा नं २ झापा बजारमा रहेको पिछडा उत्थान कृषि सहकारी संस्थाको एघारौं वार्षिक साधारणसभा आज सम्पन्न भएको छ ।


कुमरखोद रेडक्रस सोसाईटीको सामुदायिक सभाहलमा भएको कार्यक्रममा संस्थाका अध्यक्ष कृष्ण केवरतको अध्यक्षता तथा झापा गाउँपालिकाका कार्यवाहक अध्यक्ष अन्जुदेवी थपलियाको प्रमुख आतिथ्यता रहेको थियो ।

संस्थाका अध्यक्ष केवरतले वार्षिक प्रतिवेदन प्रस्तुत गर्दै २२० जना शेयर सदस्य रहेको आफ्‌नो संस्थाले आगामी आर्थिक वर्षमा थप शेयर सदस्य वृद्धि गर्ने लक्ष्य राखेको बताए ।

संस्थामा हाल १ करोड १५ लाख ६ हजार ४ सय ८ रुपैयाँ शेयर चुक्ता पुँजी , बचत ५३ लाख ११ हजार १ सय ३ र कोष हिसाव ३८ लाख ७८हजार २ सय ५३ रुपैयाँ रहेको प्रतिवेदनमा उल्लेख छ । सम्पूर्ण खर्च कटाएर संस्थाले यो आर्थिक वर्षमा १३ लाख १७ हजार ५रुपैयाँ नाफा कमाएको प्रतिवेदनमा उल्लेख गरिएको छ ।

कार्यक्रमका प्रमुख अतिथि झापा गाउँपालिका कार्यवाहक अध्यक्ष थपलियाले यस सहकारीले स्थानीय स्तरमा आर्थिक विकासमा महत्वपूर्ण भूमिका खेलेको बताइन् । उनले किसानका लागि उत्पादनमुखी कार्यमा अघि बढ्नुपर्नेमा जोड दिइन् । उनले संस्थामा शेयर सदस्य थोरै रहेकाले शेयर सदस्य वढाउन सल्लाह दिइन् ।

ऋण समितिका सदस्य बरतलाल राजवंशीले स्वागत मन्तव्य गरेको कार्यक्रममा वडा नं १ का वडा अध्यक्ष राजकुमार यादव , लेखा समिति संयोजक प्रदिपकुमार गणेश , समाजसेवी सुन्दरलाल गणेशले पनि शुभकामना मन्तव्य राखेका थिए ।

कार्यक्रममा उत्सव कृषि सहकारी संस्थापक अध्यक्ष जयनारायण शाह , व्यवस्थापक कल्पना खड्का , कुमरखोद साना किसान कृषि सहकारी संस्थाका अध्यक्ष सुजता पोख्रेल , न्यायिक समिति सदस्य राजकुमार कोचलगायतको उपस्थिति रहेको थियो । कार्यक्रमको संचालन व्यवस्थापक शंकर शाहले गरेका थिए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्