झापा, पुष २२ । झापाको हल्दिवारीमा टिपरले अटोलाई ठक्कर दिँदा चारजना घाइते भएका छन् ।

हिजो साँझ ५ः५० बजे हल्दिवारी–२ रामलाल चोकमा शम्भु चोकबाट पाराखोपीतर्फ जाँदै गरेको ४ख४८८१ नं. टिपरले विपरित दिशाबाट आउँदै गरेको मे १ ह ६७८९नं. को अटोलाई ठक्कर दिएको हो । अटोमा सवार अटो चालक हल्दिवारी –४बस्ने बर्ष ३८का रंगलाल ताजपुरिया ,उनकी श्रीमती बर्ष ३५की बबिता राजवंशी, सोही ठाउँ बस्ने बर्ष ६०की सीतादेवी सोरेन र बर्ष २५की सुनिता तोलाङगी घाइते भएका छन् ।
घाइतेहरुको ओमसाई पाथीभरा अस्पताल भद्रपुरमा उपचार भइरहेको छ । उपचारमा टिपर चालक इलाम नगरपालिका १०बस्ने बर्ष २५का सुजन रम्तेल संलग्न रहेका छन् । उक्त टिपर प्रहरी चौकी हल्दिवारीले नियन्त्रणमा लिएको छ ।



