झापा, पुष २२ । दुई वर्षअघि भाच्चिएको अर्जुनधाराको बिरिङ पुल पुनर्निर्माण गर्न ३५ करोड रुपैयाँ बजेट स्वीकृत भएको छ ।

लामो प्रतीक्षा र अथक प्रयासपछि अर्जुनधारा वडा नं ७ लाई वडा नं ४ र १ संग जोड्ने शनिश्चरे –खुदुनावारी सडकको विरिङ खोलामा भाच्चिएको पुल पुनर्निर्माणका लागि सो बजेट स्वीकृत भएको हो । ठेक्का प्रकृया तत्काल अगाडि बढाउने भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले जनाएको छ ।
सभामुख देवराज घिमिरे सुरूवातदेखि नै अत्यन्त चासोका साथ लागेर यो विषयलाई टुङ्गोमा पुर्याउन सफल बनेको उनका स्वकीय सचिव केशवराज ढुंगेलले बताएका छन् ।



