बिर्तामोड ,पुष २२ । नेपाली कांग्रेसमा आबद्ध ४० बर्षमुनिका युवाहरुले पार्टीका हरेक तह र सरकारका तीनवटै तहमा ४० प्रतिशत युवाहरुको सहभागिता गराउन माग गरेका छन् ।


४० बर्षमुनिका युवाहरुको भेलामा राखिएको अवधारणापत्रमार्फत पार्टीका हरेक तहमा ४० प्रतिशत प्रतिनिधित्व, तीनै तहको सरकारमा युवा प्रतिनिधित्वका लागि उम्मेद्वार चयन गर्दा अनिवार्य रुपमा ‘प्राइमरी इलेक्सन’ गर्नुपर्ने, लोकतन्त्र संरक्षणका लागि पैरवी, भ्रष्टाचारविरुद्ध खबरदारी लगायतका एजेण्डा राखिएको छ ।

अन्य समसामयिक राजनीतिक विषयमा पनि छलफल गरिएको भेलाले उक्त अवधारणापत्र पारित गर्दै युवा प्रतिनिधित्व सुनिश्चित गर्न माग गरेको हो ।

४० बर्षमुनिका युवाहरुको जिल्लास्तरीय भेलाको संयोजन मिलन चापागाईले गरेका थिए । चापागाईकै अध्यक्षता र गोकुल पौडेलको सहजीकरणमा सम्पन्न भेलामा सञ्जय निरौला, बालकृष्ण निरौला, डिल्ली भट्टराई, भाष्कर भट्टराई, अनुप शिलवाल, मनिश गहतराज, इशान ढकाल, विवेक ढकाल, विश्व सुवेदी, उपेन्द्र बस्नेत, प्रकाश निरौला, राजेन्द्र उप्रेतीलगायतले आ–आफ्ना धारणा राखेका थिए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्