झापा, पुष २५ । दमकको थुक्पा फ्याक्ट्रीमा भएको आगलागीबाट १ करोड ३० लाख बराबरको क्षति भएको छ ।

आज बिहान अन्दाजी ९ः४५ बजे दमक –९ बस्ने पदम भण्डारीले संचालन गरेको टिनको छानो पक्की वाल भएको स्वस्तिक थुक्पा फ्याक्ट्रीमा करेन्ट सर्ट भई आगलागी भएको हो । आगलागीबाट उक्त फ्याक्ट्री पूर्णरुपमा जल्नुका साथै सोही फ्याक्ट्रीसँगै रहेको भण्डारीको तीनतले पक्की घरसमेत जली घरभित्र रहेका सम्पूर्ण सरसामान नष्ट हुँदा ठूलो क्षति भएको प्रहरीले जनाएको छ ।
दमक नगरपालिका , उर्लाबारी नगरपालिका, गौरादह नगरपालिका , पथरी शनिश्चरे नगरपालिका , शिवसताक्षी नगरपालिका र कमल गाउँपालिकाको दमकल, स्थानीयबासी, इलाका प्रहरी कार्यालय दमकबाट खटिएको प्रहरी टोलीसमेतको सहयोगमा बिहान ११ः२५ बजे आगो पूर्णरुपमा नियन्त्रणमा आएको थियो ।



