झापा, पुष २६ । झापाको गौरादहमा ट्रयाक्टर पल्टिदा एकजनाको मृत्यु हुनुका साथै चारजना घाइते भएका छन् ।

गएराति १०ः३०बजे गौरादह– ५चान्दु खोलास्थित भित्री सडकखण्डमा बालुबथानबाट फकिढिप गाउँतर्फ जाँदै गरेको मे१त७१०८नम्बरको खाली ट्रयाक्टर आफै अनियन्त्रित भई पल्टिएको हो । दुर्घटनामा ट्रयाक्टरमा सवार गौरादह ७ बस्ने बर्ष ३५का महमद माजिमको मृत्यु भएको हो ।
शरीरको बिभिन्न भागमा चोट लागेर गंभीर घाइते भएका माजिमलाई दमक अस्पताल दमक ल्याई चेकजाँच गर्दा उनको मृत्यु भइसकेको थियो । मृतकको शव सोही अस्पतालमा रहेको छ ।
त्यस्तै सोही ठाउँ बस्ने बर्ष४९ का सत्यनारायण राजवंशी ,बर्ष २३ का संजित ऋषिदेव, बर्ष२३का अभिजुल मियाँ ,बर्ष ३४का केलु मियाँ घाइते भएका छन् । घाइतेहरुलाई दमक अस्पतालमा सामान्य उपचारपश्चात् थप उपचारको लागि लाईफलाइन अस्पताल दमक लगिएको छ । घाइते अभिजुल मियाँलाई भने नोबेल अस्पताल विराटनगर रेफर गरिएको छ । ट्रयाक्टर चालक गौरादह ७ बस्ने बर्ष३८का यमप्रसाद राजवंशी तत्काल फरार रहेकाले खोजतलास भइरहेको प्रहरीले जनाएको छ।



