झापा, पुष २६ । आगामी फागुन २१ गते हुन लागेको प्रतिनिधि सभा निर्वाचनका लागि झापामा निर्वाचन प्रहरीमा भर्ना हुनेहरुको भीड लागेको छ ।

निर्वाचन प्रहरीका लागि हिजो पहिलो दिन झापामा ४८९ जनाले दरखास्त फारम लिएका छन् । जिल्ला प्रहरी कार्यालय झापामा ४८७ र सशस्त्र प्रहरी बल, नेपाल नं. २ गण हेक्वा, झापामा दुईजनाले दरखास्त फाराम लिएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी डीएसपी खगेन्द्रबहादुर खड्काले बताए ।

उनले आज र भोलि सार्वजनिक बिदा भएपनि निर्वाचन प्रहरी भर्ना छनौटअन्तर्गत दरखास्त लिने कार्य जारी रहने जानकारी दिएका छन् । नेपाल प्रहरी र सशस्त्र प्रहरी, बल नेपालका लागि झापामा ४७९७ जना निर्वाचन प्रहरीको दरबन्दी तोकिएको छ ।

दरखास्त दिने पुष २५ गतेदेखि माघ १ गतेसम्म, समय विहान १० देखि वेलुका ४ बजेसम्म तोकिएको छ । दरखास्त फाराम पाउने र बुझाउने स्थानहरु जिल्ला प्रहरी कार्यालय झापा वा सशस्त्र प्रहरी बल, नेपाल नं. २ गण हेक्वा, झापा तोकिएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्