झापा, पुष २७ । संस्थापन पक्षको असहमतिकाबीच आजदेखि शुरु हुन लागेको नेपाली कांग्रेसको विशेष महाधिवेशनमा झापाका ८१ जना प्रतिनिधि सहभागी हुँदैछन् ।

झापाको पाँचवटै क्षेत्रबाट त्यति संख्यामा प्रतिनिधिहरु राजधानी पुगेका छन् । झापा क्षेत्र नं १ बाट २३ , २ बाट १२ , ३ बाट ६ , ४ बाट १८ र ५ बाट २२ जना महाधिवेशन प्रतिनिधि विशेष महाधिवेशनमा भाग लिन गएको क्षेत्रीय सभापतिहरुले जनाएका छन् । झापाका पाँचजना क्षेत्रीय सभापतिहरुमध्ये क्षेत्र नं १ का सभापति इन्द्र बुढोथोकी , ४का सभापति जयनारायण शाह र ५ का सभापति ढुण्डीराज भण्डारी विशेष महाधिवेशनमा भाग लिन राजधानी गएका छन् । झापामा १२५ जना महाधिवेशन प्रतिनिधि रहेका छन् ।
आज र भोलि काठमाण्डौको भृकुटीमण्डपमा विशेष महाधिवेशन हुन लागेको हो ।विशेष महाधिवेशनको आज दिउँसो एक बजे उद्घाटन कार्यक्रम रहेको छ ।



