झापा, पुष २७ । झापाको दमकमा हिलोमा भासिएको चित्तलको सकुशल उद्धार गरिएको छ ।

आज दिउँसो अन्दाजी १ बजे दमक २ स्थित जगकाली मन्दिरको पछाडीपट्टी रहेको धुव्र गुरागाँईको खाली प्लटिङ जग्गाको हिलोमा जंगली जनावर पोथी चित्तललाई भास्सिएको अबस्थामा स्थानीयबासीले फेला पारेका थिए ।
इलाका प्रहरी कार्यालय दमकबाट खटिएको प्रहरी टोली र दमक सव डिभिजन वन कार्यालय दमकको कर्मचारीसहितको टोलीले उक्त चित्तललाई उद्धार गरी जामुनवारी सामुदायिक वनमा पठाएको छ । दमक सव डिभिजन वन कार्यालयका वनरक्षक विरेन्द्र पौडेलको जिम्मा लगाई चित्तललाई सुरक्षित साथ जामुनवारी पठाएको प्रहरीले जनाएको छ ।



