झापा, पुष २८ । झापाको भद्रपुरमा रहेको सम्योग समृद्धि बहुउद्देश्यीय सहकारी संस्थाले आफ्नो १२ औ साधारणसभा सम्पन्न गरेको छ ।

संस्थाले साधारणसभामा उत्कृष्ट बचतकर्ता, असल ऋणी , बाल बचत, ज्येष्ठ नागरिक सदस्य तथा उत्कृष्ट कर्मचारीहरुलाई सम्मान तथा पुरस्कृत गरेको थियो ।
पुरस्कृत हुने शेयर सदस्यहरूमा मुख्य कार्यालयका तर्फबाट उत्कृष्ट बचत सदस्य विष्णुमाया राई , असल ऋणी सदस्य युवराज श्रेष्ठ ,बाल बचत सदस्य प्रिन्स अधिकारी र ज्येष्ठ नागरिक सदस्य चन्द्रमणि मैनाली रहेका छन् ।
त्यस्तै शनिश्चरे सेवा केन्द्रका तर्फबाट उत्कृष्ट बचत सदस्य केवल चौहान ,असल ऋणी सदस्य डम्बरलाल चौधरी, बाल बचत सदस्य ईश्वरी रसाइली र ज्येष्ठ नागरिक सदस्य हरिमाया कटुवाल रहेका छन् ।
त्यस्तै बिर्तामोड सेवा केन्द्रका तर्फबाट उत्कृष्ट बचत सदस्य मालती बस्नेत, असल ऋणी सदस्य जीतबहादुर सारु मगर ,बाल बचत सदस्य ईशान बस्नेत र ज्येष्ठ नागरिक सदस्य ताना धिमाल रहेका छन् ।
त्यस्तै हल्दिबारी सेवा केन्द्रका तर्फबाट उत्कृष्ट बचत सदस्य लक्ष्मी राजवंशी,उत्कृष्ट ऋणी सदस्य उमा खत्री, बाल बचत सदस्य रिदम राजवंशी र ज्येष्ठ नागरिक सदस्य श्रीमती ज्ञानमाया खड्का सम्मानित भएका छन् । सोही अवसरमा उत्कृष्ट कर्मचारी सीता राजवंशीलाई पुरस्कृत गरिएको छ ।
संस्थाका अध्यक्ष केशरकुमार बानियाँको अध्यक्षता तथा उद्योग व्यवसाय महासंघ बिर्तामोडका नगर अध्यक्ष उपेन्द्र बानियाँको प्रमुख आतिथ्यमा सो कार्यक्रम भएको थियो ।



