झापा, पुष २९ । सर्पले टोकेर झापामा एकजनाको मृत्यु भएको छ ।

कमल गाउँपालिका ६ सोनापुर गेउरीया बस्ने ३७ वर्षीय बुद्धिकुमार राजवंशीको सर्पको टोकाईबाट ज्यान गएको हो । आइतवार साँझ ७.३० बजे राजवंशीलाई आफ्नै घरको शौचालय जाने क्रममा विषालु सर्पले बायाँ खुट्टाको गोली गाँठोमा टोकेको थियो ।

उनलाई नेपाल रेडक्रस सोसाइटी उप–शाखा दमकमा ल्याई उपचार भइरहेकोमा थप उपचारको लागि हिजो बिहान ७ बजे कोशी अस्पताल विराटनगर पुर्‍याई डाक्टरले चेकजाँच उनको मृत्यु भइसकेको थियो । मृतकको शव सोही अस्पतालमा रहेको छ । मृतक शवको कानुनी प्रकृयाको लागि जिल्ला प्रहरी कार्यालय मोरङसँग आवश्यक समन्वय भइरहेको झापा प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्