झापा, पुष ३० । हर्क साम्पाङ नेतृत्वको श्रम संस्कृति पार्टीले झापाका पाँचवटै निर्वाचन क्षेत्रका लागि प्रत्यक्षतर्फका उम्मेद्वार घोषणा गरेको छ ।

हिजो सुनसरीको धरानमा पार्टी अध्यक्ष साम्पाङको उपस्थितिमा झापाका पाँचजना उम्मेद्वार घोषणा गरिएको हो ।
झापा क्षेत्र नम्बर १ बाट केबलराम राई , २ बाट केशव भण्डारी ,३ बाट दीपक तिम्सिना, ४ बाट अमृता राई र ५ बाट शिवन सोरानी मगरलाई प्रत्यक्षतर्फको उम्मेदवार घोषणा गरिएको हो । सबै उम्मेद्वार हिजो पार्टी अध्यक्ष साम्पाङलाई भेट्न धरान पुगेका थिए ।

धरानका मेयरसमेत रहेका साम्पाङले निर्वाचन आयोगमा पार्टी दर्ता गराएपछि देशव्यापी चुनावी अभियान सुरु गरेका छन् ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्