झापा, पुष ३० । कनकाई ४ कोटिहोमस्थित कन्काई पुलमा कारको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ ।

गएराति ८.३० कन्काई पुलस्थित पूर्वपश्चिम राजमार्गमा तत्काल नम्बर नखुलेको सेतो कारले बिपरित दिशाबाट आउँदै गरेको बीएएबी ६१२६ न. को मोटरसाइकललाई ठक्कर दिएको थियो । दुर्घटनामा मोटरसाइकल चालक कन्काई नगरपालिका वडा नं. ४ बस्ने ३५ वर्षीय कमल पराजुली घाइते भएका थिए ।
टाउकोमा चोट लागेका घाइते पराजुलीलाई उपचारको लागि बीएण्डसी अस्पताल बिर्तामोड पठाइएकोमा डाक्टरले चेकजाँच गर्ने क्रममा मृत घोषणा गरेका छन् । मृतकको शव सोही अस्पतालमा रहेको छ । ठक्कर दिएर फरार रहेको सवारी साधनको खोजतलास भइरहेको प्रहरीले जनाएको छ ।



