झापा, पुष ३० । भद्रपुरमा पिकअप पल्टिदा दुईजना घाइते भएका छन् ।

आज बिहान ११ बजे भद्रपुर नगरपालिका वडा न. ६ गिरी चोकमा बनियानीबाट चन्द्रगढीतर्फ जाँदै गरेको को २ च १६४६ न. को पिकअप आफै अनियन्त्रित भई पल्टिदा पिकअपमा सवार दुईजना घाइते भएका हुन् । बिर्तामोड १ बस्ने अन्दाजी बर्ष ४५ का बिक्रम सहनी र सोही ठाउँ बस्ने अन्दाजी बर्ष ४२ का तेजेन्द्र सहनी घाइते भएका हुन् । उनीहरुको ओमसाई पाथिभरा अस्पताल भद्रपुरमा उपचार भइरहेको छ ।

पिकअप चालक दमक नगरपालिका वडा न. ९ बस्ने अन्दाजी बर्ष २२ का सुमन लम्जेल सार्की ,कमल वडा न. ६ बस्ने अन्दाजी बर्ष २२ का राहुल सहनी र बिर्तामोड वडा न. १ बस्ने अन्दाजी बर्ष ३९ का बिष्णु पौडेललाई केही नभएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्