झापा, पुष ३० । नेपाली कांग्रेस विभाजित हुने भएको छ ।

कांग्रेसको केन्द्रीय कार्यसमिति बैठकले महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मा र सहमहामन्त्रीलाई कारबाही गर्ने निर्णय गरेको कांग्रेस नेता कुन्दनराज काफ्लेले जानकारी दिएका छन् ।सानेपामा बसेको शेरबहादुर देउवा पक्ष केन्द्रीय कार्यसमिति बैठकले विशेष महाधिवेशनमा सहभागी भएका महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मा र सहमहामन्त्री फरमुल्लाह मन्सुरसहितलाई ५ वर्ष पार्टीको साधारण सदस्यसमेत नरहने गरी अनुशासनको कारबाही गरेको केन्द्रीय सदस्य दीपक गिरीले बताए ।
आज बसेको संस्थापन पक्षको केन्द्रीय कार्यसमिति बैठकले भृकुटीमण्डपमा विशेष महाधिवेशनमा सहभागी भएका उनीहरुलाई कारबाही गर्ने निर्णय गरेको हो ।
आज बसेको संस्थापन पक्षको केन्द्रीय कार्यसमिति बैठकले भृकुटीमण्डपमा विशेष महाधिवेशनमा सहभागी भएका उनीहरुलाई कारबाही गर्ने निर्णय गरेको हो ।
विशेष महाधिवेशनले सभापतिमा गगन थापा र दुई महामन्त्रीमा विश्वप्रकाश शर्मा र प्रदीप पौडेलसहित नयाँ पदाधिकारी चयनको प्रक्रिया अगाडि बढाएको छ ।



