झापा, पुष ३० । पूर्वमन्त्री राम कार्की (पार्थ )झापा क्षेत्र नं २ बाट निर्वाचनमा उठ्ने भएका छन् ।

जनार्दन शर्मा नेतृत्वको प्रगतिशील लोकतान्त्रिक पार्टीका तर्फबाट उनले उम्मेद्वारी दिने भएका हुन् । उनलाई बाम बुद्धिजीवीहरु तथा स्वतन्त्र बामहरुले समेत सघाउने बताइएको छ। उनले असल राजनीतिज्ञको पहिचान बनाएका छन् । तत्कालीन माओवादी केन्द्र र एकीकृत समाजवादीबीच एकीकरण हुँदा उनी नेपाली कम्युनिष्ट पार्टीका नगएर जनार्दन शर्मासंगै रहेका थिए ।

२०७४ सालको निर्वाचनमा उनी झापा क्षेत्र नं. १ मा बाम गठबन्धनका तर्फबाट निर्वाचित भएका थिए । ३६ हजार १ सय ७३ मत ल्याउँदै कार्कीले नेपाली कांग्रेसका उम्मेदवार विश्वप्रकाश शर्मालाई पराजित गरेका थिए । शर्माले ३३ हजार ३ सय १० मत ल्याएका थिए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्