झापा, माघ १ । अभय राजवंशीसहित तीनजना पक्राउ परेका छन् ।

गएराति १०.३० बजे बिर्तामोड वडा न.१ स्थित नाइटलाईफ डान्सबारबाट प्रहरीले कनकाई वडान.९बस्ने ४४वर्षीय अभय राजवंशी , नाइटलाइफ डान्सबारकी संचालिका ४२ वर्षीया नविना राजवंशी र बिर्तामोड १ बस्ने ४१ वर्षीय रमेश राजवंशीलाई पक्राउ गरेको हो ।

पुष २९ गते राजवंशी समाज विकास समितिको नाममा अभय राजवंशीले डोमालाल राजवंशी रंगशालामा भाक्का दिवस मनाउने क्रममा प्रमुख जिल्ला अधिकारी शिवराम गेलाललाई अपशव्द प्रयोग गरेका थिए । त्यस विषयमा सोधपुछ गर्न जिल्ला प्रशासन कार्यालय झापाले हिजो दिउँसो ३ बजेभित्र उपस्थित गराइदिन प्रहरीलाई पत्र पठाएको थियो । जिल्ला प्रशासन कार्यालय झापाको च.न.६१६५ मिति२०८२।०९।३०गतेको पत्र आदेश अनुसार इलाका प्रहरी कार्यालय बिर्तामोडबाट खटिएको प्रहरी बरिष्ठ नायव निरीक्षक देवराज निरौलाको टोलीले डान्सबारमा रहेका अभयलाई नियन्त्रणमा लिएको हो ।

नियन्त्रणमा लिने क्रममा नबिना राजवंशी र रमेश राजवंशीले खटिएको प्रहरी टोलीलाई अभद्र ब्यबहार गरेको भन्दै उनीहरुलाई पनि पक्राउ गरेको थियो । तीनैजनालाई नियन्त्रणमा लिई इप्रका बिर्तामोडमा लगिएकोमा अभय र नबिनालाई थप अनुसन्धानको लागि जिल्ला प्रहरी कार्यालय झापा पठाइएको थियो । रमेशलाई इप्रका बिर्तामोडमा नै राखिएको छ ।

यसैबीच राति १२.३५ बजे नबिना राजवंशीलाई आवश्यक परेको बखत उपस्थित हुने गरी उनका श्रीमान भरत राजवंशीको जिम्मा लगाई पठाइएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्