झापा, माघ १ । आज लागेको कन्काई माई मेलामा दुईवटा सवारी साधन एकापसमा जुध्दा एकजना बालकको मृत्यु हुनुका साथै १२ जना घाइते भएका छन् ।

आज बिहान ९ः ३० बजे कनकाई ३ नयाँ बस्तीस्थित पूर्वपश्चिम लोकमार्गमा बिर्तामोडबाट माईधारतर्फ जाँदै गरेको मे१च ४५१५ न. को पिकअप (मालबाहक) गाडी र माईधारबाट बिर्तामोडतर्फ आउँदै गरेको ना५ख २१४९ न. को बस एक आपसमा ठक्कर खाई दुर्घटना हुँदा पिकअप गाडीमा सवार भद्रपुर नगरपालिका बस्ने आफुद राजवंशीका छोरा डेढ वर्षका आरुति राजवंशीको मृत्यु भएको हो । घाइते बालकलाई उपचारका लागि बीएण्डसी अस्पताल ल्याई पुर्याउनसाथ डाक्टरले चेकजाँच गर्दा मृत्यु भइसकेको थियो ।
घाइते हुनेहरुमा बीएण्डसी अस्पताल बिर्तामोडमा उपचाररत
१, झापा मेचीनगर १५ बस्ने बर्ष ६५ की फुलमुनि मुर्मु (निधार र मुखमा चोट अवस्था सामान्य )
२, ऐऐ बस्ने बर्ष ४२ की जमुना राजवंशी (निधारमा चोट अवस्था सामान्य)
३, ऐ बस्ने टिकेन्द्र राजवंशीका छोरा बर्ष ११ का अनिष राजवंशी (टाउकोमा चोट अवस्था सामान्य)
बिर्तासिटी अस्पताल बिर्तामोडमा उपचाररत
१, भद्रपुर नगरपालिका ४ बस्ने बर्ष ४० का पुष्पलाल राजवंशी (टाउको र दाहिने कुममा चोट अवस्था मध्यम)
२, भद्रपुर ८ बस्ने बर्ष ४० का आफुद राजवंशी (टाउकोमा चोट, दाहिने हात र दाहिने खुट्टा भाचिएको अवस्था गम्भीर)
३, उनकी श्रीमती बर्ष ४० की सुस्मा राजवंशी (दाहिने हात र खुट्टा भाचिएको, टाउकोमा चोट अवस्था गम्भीर)
४, उनकै छोरा बर्ष १५ का आशिष राजवंशी (बायाँ हात र चिउडोमा चोट अवस्था सामान्य)
५, भद्रपुर ९ बस्ने बर्ष ४० की टेमुना राजवंशी (टाउकोमा र हातमा चोट अवस्था मध्यम)
६, झापा शिवसताक्षी नपा १० बस्ने बर्ष २९ की अन्जली राई (छातीमा भित्री चोट अवस्था मध्यम)
७, बिर्तामोड ३ बस्ने बर्ष २४ का अभिषेक राजवंशी (बायाँ हातमा भित्री चोट अवस्था सामान्य)
८, मेचीनगर नपा १५ बस्ने बर्ष १५ की कृतिका राजवंशी (टाउकोमा चोट अवस्था सामान्य)
९,भद्रपुर ४ बस्ने बर्ष ४५ की पाथल राजवंशी (दाहिने खुट्टा भाचिएको, मुखमा चोट अवस्था गम्भीर)
पिकअप चालक बिर्तामोड ६ बस्ने बर्ष ३९ का जाकिर हुसेनलाई इलाका प्रहरी कार्यालय सुरुङगाले नियन्त्रणमा लिएको छ । बस इप्रका बिर्तामोडमा ल्याई राखेको र बस चालक तत्काल फरार रहेकाले खोजतलास भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।



