झापा, माघ १ । कन्काई माई मेलामा भएको सवारी दुर्घटनामा आमा छोरासंगै आमाको पनि मृत्यु भएको छ भने बुबा र दाजुसहित११ जना घाइते भएका छन् ।


आज बिहान ९ः ३० बजे कनकाई– ३ नयाँ बस्तीस्थित पूर्वपश्चिम लोकमार्गमा बिर्तामोडबाट माईधारतर्फ जाँदै गरेको मे१च ४५१५ न. को पिकअप (मालबाहक) गाडी र माईधारबाट बिर्तामोडतर्फ आउँदै गरेको ना५ख २१४९ न. को बस एक आपसमा ठक्कर खाई दुर्घटना हुँदा पिकअप गाडीमा सवार भद्रपुर ८ बस्ने आफुद राजवंशीका छोरा डेढ वर्षका आरुति राजवंशीको मृत्यु भएको हो । घाइते बालकलाई उपचारका लागि बीएण्डसी अस्पताल ल्याई पुर्‍याउनसाथ डाक्टरले चेकजाँच गर्दा मृत्यु भइसकेको थियो ।

ती बालकसंगै उनकी आमा ४० वर्षीया सुस्मा राजवंशीको पनि मृत्यु भएको हो । बिर्तासिटी अस्पतालमा उपचारका क्रममा बिहान ११ः३० बजे सुस्मा राजवंशीको मृत्यु भएको प्रहरीले जनाएको छ ।

ती बालकका बुबा ४० वर्षीय आफुद राजवंशी पनि गंभीर घाइते भएका छन् । उनको टाउकोमा चोट लागेको छ भने दाहिने हात र दाहिने खुट्टा भाचिएको छ । त्यस्तै मृतक बालकका दाजु बर्ष १५ का आशिष राजवंशी पनि घाइते भएका छन् । उनको बायाँ हात र चिउडोमा चोट लागेको छ । घाइतेमध्ये तीनजनाको बीएण्डसी र ८ जनाको बिर्तासिटी अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्