झापा, माघ १ । झापा गोल्डकपका अध्यक्ष केदार गिरीसहितको टोलीले नेकपा एमालेका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीसँग आज भेट गरेको छ ।


झापाको बिर्तामोडस्थित डोमालाल राजवंशी रंगशालामा यही माघ २४ गतेदेखि हुन गइरहेको झापा गोल्डकपको स्वर्गीय ‘बिनोद बस्नेत स्मृति’ सातौं संस्करण फुटबल प्रतियोगिताका सन्दर्भमा कुराकानी गर्न आज अध्यक्ष ओलीसँग भेटघाट गरिएको गोल्डकपका अध्यक्ष गिरीले जानकारी दिए ।

‘उहाँ झापाबासी, पूर्वप्रधानमन्त्री भएकाले प्रतियोगिता सफल बनाउन उहाँको सहयोग आवश्यक छ’ अध्यक्ष गिरीले भने, ‘प्रतियोगिताको तयारीका बारेमा कुराकानी गरेर फर्किएका छौं ।’

पूर्वप्रधानमन्त्री ओलीसँग भेटघाट गर्न झापा गोल्डकपका अध्यक्ष गिरी, पूर्वमन्त्री अग्नि खरेल, बरिष्ठ उपाध्यक्ष गजेन्द्र पौडेल, कार्यसमिति सदस्य मदन खड्का, राजु घिमिरेलगायतको टोली गुण्डु पुगेको थियो ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्