झापा, माघ २ । झापाको कन्काई माई मेलाबाट तीनवटा मोटरसाइकल चोरी भएको छ ।

पार्किङ गरेको ठाउँबाट ती मोटरसाइकल हराएका हुन् । हिजो दिउँसो २.३० बजेतिर कन्काई ४कोटिहोम क्षेत्रमा एकैस्थानमा पार्किङ गरी राखेको अबस्थामा दुईवटा मोटरसाइकल हराएको हो । झापा गाउँपालिका वडा न.५बस्ने मोहम्मद जेब्राईल शेखको प्र.१–०१–०१७प.५२४७न.को निलो रंगको १५०सिसिको पल्सर र सोही ठाउँ बस्ने जफर अलीको प्र.१–०१–०१७प.२४९८न.को रातो रंगको १५०सिसिको अर्को पल्सर मोटरसाइकल हराएको हो ।

त्यस्तै हिजो बिहान ७ः३० बजे कनकाई ४ कोटिहम मन्दिरमा पार्किङ गरी राखेको बुद्धशान्ति १ बस्ने ३६ वर्षीय युवराज खडकाको प्र१–००१३प ५६९० नंको रातो कालो रंगको १५० सिसिको पल्सर मोटरसाइकल हराएको छ । हराएका मोटरसाइकलको खोजी भइरहेको प्रहरीले जनाएको छ ।

त्यस्तै मेला भर्ने क्रममा अन्य धेरैजनाको नगद , गरगहना र मोबाइल चोरी भएको छ । कनकाई नगरपालिका १ निवासी कैलास दर्जीकी श्रीमती मुना दर्जीको हाते ब्यागसहित २ तोलाको सिक्री , बच्चाको ब्रासलेट र पाउजु चोरी भएको छ । त्यस्तै कनकाई ३ निवासी झलका विश्वकर्माको महत्वपूर्ण कागजातसहितको सानो व्याग हराएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्