झापा, माघ २ । झापामा ५ मा उम्मेद्वारी दिनका लागि राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन शाहको टीम दमक आइपुगेको छ ।

नवीन भण्डारी , निश्चल बस्नेतलगायतको टीम हिजो दमक आइपुगेको हो । बालेन उम्मेद्वारी दर्ताका लागि माघ ६ गते दमक आउँदैछन् ।
बालेन बस्नका लागि तीनवटा घर भाडामा लिने तयारी गरिएको छ । अहिलेसम्म भाडाको घरको टुंगो लागिनसकेको रास्वपा झापाका कार्यवाहक सभापति प्रकाश पाठकले बताए ।
झापा ५ मा उम्मेद्वारी दिनका लागि एमाले अध्यक्ष केपी ओली भने माघ ५ गते आउने भएका छन् । केपी बा र बालेनबीच झापा ५ मा रोमांचक भीडन्त हुने भएको छ ।



