झापा, माघ ४ । झापा क्षेत्र नं ४ मा मनोज ताम्लीले निर्वाचन नजित्ने देखेर नेकपा एमालेले हिजोको निर्णय उल्टाउँदै एलपी साँवालाई नै टिकट दिएको छ ।

एमालेको केन्द्रीय सचिवालय बैठकले आज साँवालाई झापा ४ मा उम्मेद्वार बनाउने निर्णय गरेको हो । हिजो मनोज ताम्लीलाई उम्मेदवार बनाउने भनी तयार गरिएको मस्यौदालाई सच्याउँदै आज एलपी साँवालाई उम्मेदवार बनाउने निर्णय गरिएको एमाले झापाका अध्यक्ष प्रेम गिरीले बताए ।
साँवाले २०७४ र २०७९ को निर्वाचनमा विजयी हासिल गरेका थिए । यस पटकको निर्वाचनमा पनि उनको क्रेज राम्रो रहेको छ ।



