झापा, माघ ५ । झापाको बिर्तामोडमा मोटरसाइकल र अटो ठोक्किँदा एकजना युवतीको मृत्यु भएको छ ।

गएराति १०.५० बजे बिर्तामोडको अधुवा खोला पुलछेउ पूर्वपश्चिम राजमार्गमा लक्ष्मीपुरदेखि मुक्तिचौकतर्फ आउँदै गरेको प्र.१–०२–०४२ प.१९०४ न.को मोटरसाइकलले वानस्टप मलदेखि अधुवा खोलातर्फ जाँदै गरेको मे.१ ह.३७२१ न.को अटोलाई ठक्कर दिएको थियो ।

दुर्घटनामा मोटरसाइकल चालक गौरादह वडा न.३ बस्ने बर्ष २४ का निरज कार्की र मोटरसाइकलमा पछाडी सवार दमक बस्ने बर्ष २२ की सुजाता बुढाथोकी घाइते भएका थिए । टाउकोमा चोट लागेर गम्भीर घाइते भएकी सुजातालाई बिर्तामोडस्थित बीएण्डसी अस्पताल लगिएको थियो । उपचारका क्रममा आज बिहान ४ बजे उनको मृत्यु भएको हो । शव सोही अस्पतालमै रहेको छ ।

दुवै सवारी साधन,अटो चालक अर्जुनधारा वडा न.६ बस्ने बर्ष ३४ का खेमराज खड्का र मोटरसाइकल चालक कार्कीलाई सामान्य उपचारपश्चात् नियन्त्रणमा लिई इलाका प्रहरी कार्यालय बिर्तामोड राखिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्