झापा, माघ ५ । जेनजी आन्दोलनका बेला इलाका प्रहरी कार्यालय दमकबाट भागेका थप एक थुनुवा पक्राउ परेका छन् ।


इप्रका दमकको हिरासत कक्षबाट भागेर फरार रहेका लागूऔषध मुद्धाका थुनुवा दमक ५ बस्ने बर्ष २० का प्रविण लिम्बुलाई प्रहरीले पक्राउ गरेको हो । इप्रका दमकबाट खटिएको टोलीले खोजतलास गर्ने क्रममा गएराति ९ः३० बजे दमक –४ स्थित आस्था टोलबाट उनलाई फेला पारेको हो । उनलाई नियन्त्रणमा लिई इलाका प्रहरी कार्यालय दमकमा राखिएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्