झापा, माघ ५ । आगामी निर्वाचनमा झापा क्षेत्र नं ५ बाट उम्मेदवारी दिन नेकपा एमाले अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी ओली झापा आइपुगेका छन् ।

आज दिउँसो १२ः१० बजे चन्द्रगढी बिमानस्थलमा काठमाडौंदेखि यति एयरलाइन्सको एनवाइटी ९२१ को नियमित उडानबाट ओली, उनकी श्रीमती राधिका शाक्य ओलीलगायत आएका हुन् । विमानस्थलमा अवतरण गरेपछि बा १८ च ४८४५ नं. को गाडीमा दमक –७ स्थित कामक्षा होटलतर्फ उनी प्रस्थान गरेका छन् ।
ओलीलाई चन्द्रगढी बिमानस्थलमा स्वागत गर्नका लागि कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्की, कोशी प्रदेशका सामाजिक सुरक्षा विकास मन्त्री रामप्रसाद महतो, नेकपा एमालेका झापा जिल्ला अध्यक्ष प्रेमबहादुर गिरी, पार्टीका नेता, कार्यकर्ताहरु लगायत करिब २५० जनाको संख्यामा भेला भएका थिए ।



