झापा, माघ ५ । भद्रपुर वडा नं. १० सुकुम्वासी बस्तीस्थित देउनिया खोलामा डुबेर एकजनाको मृत्यु भएको छ ।

आज बिहान १०ः५० बजे देउनिया खोलामा डुबेर भद्रपुर ७ बस्ने ३६ वर्षीय ताला मर्डीको मृत्यु भएको हो । उनी खोलामा घोप्टो परि डुवी मृत अवस्थामा फेला परेका थिए ।

जिल्ला प्रहरी कार्यालय झापाबाट प्रहरी टोली खटिएर शव पोस्टमार्टमको लागि प्रादेशिक अस्पताल भद्रपुर पठाइएको थियो । पोस्टमार्टमपश्चात् मृतककी श्रीमती उर्मिला टुडुले शव बुझिलगेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्