झापा, माघ ६ । प्रतिनिधि सभा निर्वाचनको लागि झापा ५ मा उम्मेदवारी दिन राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन शाह राति नै आइपुगेका छन् ।

जनकपुरको कार्यक्रम सकेर हिडेका उनी इटहरी हुँदै राति २ बजेतरि मोरङको उर्लावारी आइपुगेका हुन् । उनी राति २ बजेतिर आएर उर्लावारी ४ स्कुलडाँडास्थित ससुराली घरमा बसेका छन् । उनी ससुराली झमक काफ्‌लेको घरमा बास बसेको इलाका प्रहरी कार्यालय उर्लावारीका प्रहरी निरीक्षक रन्जन बरालले जानकारी दिए । त्यहाँबाट उनी आज बिहान ११ बजे उम्मद्वारी दर्ताका लागि दमक आउने भएका छन् ।

रास्वपाका लागि दमकस्थित ५ नं निर्वाचन कार्यालयमा बिहान ११ बजेको समय छुट्याइएको इलाका प्रहरी कार्यालय दमकका डीएसपी किशोर लम्सालले बताए । दिउँसो १ बजे एमालेलाई समय दिइएको छ । निर्वाचन आयोगको कार्यतालिकाअनुसार देशभर एकैसाथ मनोनयन प्रक्रिया सुरु हुने भएपछि राजनीतिक दलका शीर्ष नेता तथा उम्मेदवार आ–आफ्नो निर्वाचन क्षेत्रमा पुगेका छन्‌ । एमाले अध्यक्ष केपी शर्मा ओली हिजै झापा आइपुगेका छन्‌ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्