झापा, माघ ६ । बिर्तामोडको जात्रुवारीमा पिकअपको ठक्करबाट वृद्धाको मृत्यु भएको छ ।

आज दिउँसो १२ः५५ बजे बिर्तामोड ५ जात्रुबारीस्थित भित्री सडकखण्डमा रहेको किराना पसलमा सामान लोड गरी ब्याक गर्ने क्रममा मे१ज १८०४ न. को सामान बोक्ने पिकअप गाडीले पैदलयात्रु सोही ठाउँ बस्ने बर्ष ८१ की श्रीमाया लिम्बूलाई पिकअपको पछाडीको भागले ठक्कर दिएको थियो ।

दुर्घटनामा गम्भीर घाइते भएकी लिम्बूलाई उपचारको लागि बीएण्डसी अस्पताल बिर्तामोडमा उपचार गराउने क्रममा दिउँसो १ः३० बजे मृत्यु भएको हो । पिकअप चालक बुद्धशान्ति ३ बस्ने बर्ष ३१ का हरिप्रसाद काफ्ले र पिकअप इलाका प्रहरी कार्यालय बिर्तामोडमा राखिएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्