झापा, माघ ६ । झापा ५ मा उम्मेदवारी दर्ता गराएका राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन शाहले आफ्‌नो समर्थनमा मासु भात र पेट्रोलको लोभमा हजारौको भीड नआएको बताएका छन् ।

दमकस्थित ५ नं निर्वाचन कार्यालयमा उम्मेदवारी दर्ता गराएपछि उत्साहित भएका बालेनले देश विकास र समृद्धिको परिवर्तन चाहने शिक्षित सोच र आशा बोकेको भीड भएको बताएका छन् । सामाजिक संजालमार्फत आभार व्यक्त गर्दै उनले लेखेका छन् ,‘ झापा क्षेत्र नं ५ को मायाको लागि म निशव्द भएको छु ।’

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्