झापा, माघ ७ । झापाको शिवसताक्षीमा गुडिरहेको ट्रयाक्टरबाट लडेर सहचालकको मृत्यु भएको छ ।

आज साँझ ६ बजे शिवसताक्षी ६ जामबारीस्थित झिलझिले–कुञ्जिबारी पक्की सडकखण्डमा बिष्णु चोकबाट जनता चोकतर्फ जाँदै गरेको मे १ त ७५६३ नम्बरको ट्रयाक्टरबाट लडेर ट्रयाक्टरका सहचालक सोही ठाउँ बस्ने २२ वर्षीय नारायण राजवंशीको मृत्यु भएको हो ।

अचानक गुडिरहेको ट्रयाक्टरबाट लडेर गम्भीर घाइते भएका राजवंशीलाई उपचारको लागि आंम्दा अस्पताल दमक लगिएकोमा डाक्टरले मृत घोषणा गरेका थिए । ट्रयाक्टर चालक सोही ठाउँ बस्ने ३० वर्षीय नितेस घिमिरे र ट्रयाक्टर इलाका प्रहरी कार्यालय शिवगंजको नियन्त्रणमा रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्