झापा, माघ ७ । बिर्तामोडको निदि स्कुलको बस पूर्वी नवलपरासीको बुलिङ्टारमा दुर्घटना हुँदा ६ जना घाइते भएका छन् ।

उनीहरूमध्ये गम्भीर अवस्थाका २ जना विद्यार्थीलाई उपचारका लागि भरतपुर पठाइएको छ ।
जिल्ला प्रहरी कार्यालयका अनुसार बिर्तामोड २ स्थित निदि कलेजका विद्यार्थी शैक्षिक भ्रमण सकेर पोखरा हुँदै गैंडाकोटतर्फ आउँदै गर्दा कालिगण्डकी सडकमा बस दुर्घटनामा परेको हो ।

बसमा ३४ जना विद्यार्थी थिए । घाइतेमध्ये केहीको स्थानीय अस्पतालमा उपचार भइरहेको छ । पूर्वी नवलपरासीको गैंडाकोट डेढगाउँ कालिगण्डकी सडकमा ब्रेक फेल भएर बस दुर्घटनामा परेको इलाका प्रहरी कार्यालय बुलिङ्टारले जनाएको छ ।

बिर्तामोडबाट माघ २गते बिद्यार्थी लिई शैक्षिक भ्रमणमा गएको बस पोखरा, पाल्पा हुँदै फर्कने क्रममा दुर्घटना भएको हो । निदि सेकेण्डरी स्कुल आदर्श स्कूलको होटल म्यानेजमेन्टका विद्यार्थीहरु सवार बस दुर्घटना भएको हो ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्