झापा, माघ ८ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीका अति निकट सहयोगी डा. रामबाबु गिरीले पार्टी परित्याग गरेका छन् ।

झापा ५ मा उम्मेदवार बनेका बेला डा. गिरीले साथ छोड्दा ओलीलाई झड्का लाग्ने भएको छ । डा. गिरीले झापा ५ मा राष्ट्रिय स्वतन्त्र पार्टीका तर्फबाट उम्मेदवार बालेन शाहलाई सघाउने घोषणा गरेका छन्। बीएण्डसी मेडिकल कलेज टिचिङ हस्पिटलका चेयरम्यान डा. गिरी चार वर्षअघि एमालेमा प्रवेश गरेका थिए । डा. गिरीको झापा जिल्लामै बलियो पकड रहेको बताइएको छ ।
डा. गिरीसंगै झापा २ मा एमालेका अन्य धेरै नेता कार्यकर्ताहरुले पनि पार्टी परित्याग गर्न लागेको बुझिएको छ ।



