मेचीनगर, माघ ९ । नेकपा एमालेबाट स्थानीय तहमा निर्वाचित दुई जना जनप्रतिनिधि नै रास्वपामा प्रवेश गरेका छन् ।

झापाको मेचीनगर नगरपालिका वडा नं. १ का वडा सदस्यद्वय शान्तप्रसाद न्यौपाने र चेतन हुमागाई हिजो औपचारिक रुपमा रास्वपामा प्रवेश गरेको रास्वपा क्षेत्रीय संयोजक असिम दाहालले जानकारी दिए । न्यौपाने र हुमागाई २०७९ सालको स्थानीय तहको निर्वाचनमा नेकपा एमालेका तर्फबाट निर्वाचित मेचीनगर १ का वडा सदस्य हुन् ।

रास्वपाले मेचीनगर १ को हिलेधापस्थित ४९ धारा क्षेत्रमा राखेको मतदाता भेटघाट कार्यक्रमकाबीच रास्वपाबाट झापा १ मा उम्मेद्वार रहेकी निशा डाँगीले न्यौपाने र हुमागाईलाई रास्वपाको चुनाव चिन्ह घण्टीको व्याज लगाइदिएर पार्टी प्रवेश गराएकी थिइन् ।

यसअघि मेचीनगर ३ बाट निर्वाचित वडा सदस्य किशोर भट्टराईले पनि एमाले परित्याग गरेको घोषणा गरिसकेका छन् । यता नेकपा एमालेका सक्रिय सदस्य बिर्तामोड ४ निवासी पुण्यप्रसाद उप्रेतीले पनि पार्टी परित्यागको घोषणा गरेका छन् ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्