झापा, माघ १० । झापामा १२३७ वटा हतियार दर्ता छन् ।

आगामी फागुन २१ को निर्वाचनलाई लक्षित गरी जिल्ला प्रशासन कार्यालय झापाले हतियार बुझाउन दोस्रो पटक सूचना जारी गरेपनि अहिलेसम्म कसैले पनि बुझाएका छैनन् । जिल्ला प्रशासन कार्यालयले हतियार बुझाउन पहिलो पटक पुष २९ गते सूचना जारी गरेको थियो । त्यसपछि माघ ८ गते दोस्रो पटक सूचना जारी गरिएको छ ।

माघ २० गतेभित्र अनिवार्य रूपमा हतियार बुझाइसक्न सूचित गरिएपनि अहिलेसम्म कसैले पनि नबुझाएको प्रमुख जिल्ला अधिकारी शिवराम गेलालले बताए । त्यस्तै जेनजी आन्दोलनका क्रममा प्रहरीबाट लुटिएको १५ थान हतियार अझै गायव रहेको उनले जानकारी दिए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्