झापा, माघ १० । झापाका अलग अलग स्थानमा सुतिरहेको ठाउँमा तीनजनाको मृत्यु भएको छ ।

हिजो बिहान ९.३० बजे इलाम नगरपालिका ९घर भई हाल मेचीनगर ६काकँरभिट्टास्थित सुन्दर श्रेष्ठको घरमा डेरा गरी बस्ने वर्ष ५६ वर्षीय हेमकुमार सुन्दास आफ्नै कोठामा सुतिरहेको अवस्थामा मृत फेला परेका हुन् ।
त्यस्तै बिहीवार राति शिवसताक्षी ११ गुम्बाटोल घर भई सोही ठाउँका खड्गबहादुर फुयालको घरमा एक्लै डेरा गरी बस्ने ४२ वर्षीय धनबहादुर राई बिहीवार राति खाना खाएर कोठामा खाटमा सुतेकोमा हिजो बिहान ९ः३० बजे मृत फेला परेका थिए ।
त्यस्तै शिबसताक्षी ३ दोभाने टोल बस्ने ३० वर्षीय विकास गजमेर र सोल्टी नाता पर्ने शिवसताक्षी ८बस्ने ३० वर्षीय बुद्धिमान बि.क. बिहीवार राति संगै सुतेकोमा हिजो बिहान ८बजेसम्म दुबैजना नउठेपछि विकास गजमेरकी आमाले बोलाई उठाउँदा बुद्धिमान बि.क.उठेको र विकास गजमेर सुतिरहेको ठाउँमा मृत फेला परेका थिए । प्रहरीले बुद्धिमान बि.क.लाई नियन्त्रणमा लिएको छ ।



