झापा, माघ १० । दश दिनअघि मोटरसाइकल दुर्घटनामा घाइते भएका बिर्तामोड–६ बस्ने १८ वर्षीय समर मुस्लिमको मृत्यु भएको छ ।

बीएण्डसी अस्पताल बिर्तामोडमा उपचारका क्रममा आज दिउँसो ३.३० बजे उनको मृत्यु भएको हो । मृतकको शव सोही अस्पतालमा रहेको प्रहरीले जनाएको छ ।
गत पुष ३० गते साँझ ५ः३० बजे बिर्तामोड – ६ किरात चोकस्थित भित्री सडकखण्डमा बुट्टाबारीबाट किरात चोकतर्फ जाँदै गरेको मे २ प ६५७८ न. को मोटरसाइकल आफै अनियन्त्रित भई दुर्घटना हुँदा मोटरसाइकल चालक मुस्लिम घाइते भएका थिए ।



