झापा, माघ १० । नवोदित कानुन व्यवसायीहरुका लागि मस्यौदा लेखन तालिम झापाको भद्रपुरमा सम्पन्न भएको छ।


जिल्ला सरकारी वकील कार्यालय झापाका जिल्ला न्यायाधिवक्ता दिपेश शाहको प्रमुख आतिथ्यता तथा झापा जिल्ला अदालतका शाखा अधिकृत रामचन्द्र बस्नेत र झापा बारका सहसचिव तथा झापा बार महिला समिति अध्यक्ष अधिवक्ता सानु कार्की बस्नेतको आतिथ्यतामा सम्पन्न कार्यक्रमको अध्यक्षता कानुनी ज्ञान केन्द्र झापाका अध्यक्ष अधिवक्ता तारामणी सापकोटाले गरेका थिए । कार्यक्रमको सञ्चालन कानुनी ज्ञान केन्द्रका सचिव अधिवक्ता नरेश खातीले गरेका थिए ।

कानुनी ज्ञान केन्द्र झापाको आयोजनामा संचालित उक्त एक दिवसीय तालिममा झापा जिल्ला अदालतका न्यायाधीश पारसमणी पोखरेल र अधिवक्ता बसन्त जोशीले प्रशिक्षण दिएका थिए । उक्त तालिममा २० जनाभन्दा बढी नवोदित कानुन व्यवसायीहरुको सहभागिता रहेको थियो।

कानुनी शिक्षा र सचेतना प्रदान गर्ने उद्देश्यले स्थापित यस केन्द्रको अध्यक्षमा अधिवक्ता तारामणी सापकोटा, उपाध्यक्षमा अधिवक्ता तिलक अर्याल, सचिवमा अधिवक्ता नरेश खाती, सहसचिवमा अधिवक्ता अनु रावत , कोषाध्यक्षमा अधिवक्ता सुरज मैनाली तथा सदस्यहरुमा अधिवक्ता रुद्रमणी भट्टराई र अधिवक्ता हेमनारायण राजवंशी रहेका छन् ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्