झापा, माघ ११ । झापामा लडेर दुईजना घाइते भएका छन् ।

हिजो दिउँसो ४ बजे बुद्धशान्ति गाउँपालिका –२ जयपुर बस्ने ३० वर्षीय बिक्रम साहको धान नापतौल गरी गोदाममा राख्ने क्रममा उनकै कामदार २७ वर्षीय सन्जिप टुडु घाइते भएका हुन् । धानको बोरा मिलाउँदा धानको बोराको थुप्रो माथिबाट खुट्टा चिप्लिएर उनी लडेका थिए । घाइते टुडुको ओमसाई पाथिभरा अस्पताल भद्रपुरमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।
त्यस्तै बिर्तामोड वडा न.४ भद्रपुर रोडस्थित तृष्णा डान्सवारमा काम गर्ने कामदार दमक वडा न.५बस्ने २१ वर्षीया लुना श्रेष्ठ घाइते भएकी छन् । माघ ४ गते बिहान ४ बजे श्रेष्ठले अत्यधिक मादक पदार्थ सेवन गरी सोही डान्सवारनजिकै रहेको उनी बसेको ५तले पक्की घरको छतबाट अचानक चिप्लिएर लडेकी थिइन् । उनको बीएण्डसी अस्पताल बिर्तामोडमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।



