झापा,माघ १२ । बचत तथा ऋण सहकारी संघ झापाको नवनिर्वाचित कार्यसमिति तथा लेखा सुपरीवेक्षण समितिलाई पद हस्तान्तरण गरिएको छ ।

संघको आगामी चार वर्षे कार्यकालका लागि युवराज गिरीको नेतृत्वमा नयाँ कार्यसमिति चयन भएको थियो । संघको चौथो अधिवेशनबाट उपाध्यक्ष यामकुमार चुडाल, महिला उपाध्यक्ष सुशिला रिजाल, सचिव बिनोद ढकाल, सदस्यमा हिमालयप्रकाश कन्दङ्वा, महेश घिमिरे, मित्रलाल खनाल, उमाकान्त आचार्य र संगीता कोइराला सर्वसम्मत निर्वाचित भएका थिए । यसैगरी लेखा सुपरीवेक्षण समितिको संयोजकमा जगन्नाथ भट्टराई, सदस्यमा गायत्रीप्रसाद मैनाली र डिल्लीराम ढकाल पनि सर्वसम्मत निर्वाचित भएका थिए ।
संघका अध्यक्ष तुलाराम न्यौपानेको अध्यक्षतामा सम्पन्न सपथ ग्रहण कार्यक्रममा नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ (नेफ्स्कुन)का महासचिव घनश्याम अधिकारी प्रमुख अतिथि रहेका थिए । निर्वाचन समिति संयोजक देवेन्द्र भण्डारीले नवनिर्वाचित पदाधिकारी तथा सदस्यहरूलाई सपथ ग्रहण गराएका थिए । संघका बरिष्ठ उपाध्यक्ष उपेन्द्रप्रसाद ओलीले स्वागत गरेको कार्यक्रममा प्रमुख अतिथि नेफ्स्कुन महासचिव घनश्याम अधिकारी, जिल्ला सहकारी संघ झापाका अध्यक्ष प्रेमकुमार कोइराला, बरिष्ठ उपाध्यक्ष दुर्गाप्रसाद सापकोटालगायतले शुभकामना मन्तव्य राखेका थिए ।
उद्घाटन कार्यक्रम निवर्तमान अध्यक्ष न्यौपानेको अध्यक्षतामा सम्पन्न भएको थियो भने दोस्रो सत्रको कार्यक्रम नवनिर्वाचित अध्यक्ष युवराज गिरीको अध्यक्षतामा भएको थियो । कार्यक्रमको सञ्चालन संघकी ब्यवस्थापक कोपिला बजगाँई र सचिव बिनोद ढकालले संयुक्त रुपमा गरेका थिए ।



