झापा, माघ १३ । भद्रपुरका पूर्व जनप्रतिनिधि शनिलाल राजवंशीको ५५ वर्षको उमेरमा हिजो बेलुका निधन भएको छ ।

तत्कालीन चन्द्रगढी गाउँ बिकास समिति पूर्व उपाध्यक्ष र भद्रपुर नगरपालिका वडा न ९ का निवर्तमान वडा अध्यक्ष राजवंशीको हिजो बेलुका ८ बजे निधन भएको हो । उनी मिर्गौलाको समस्याबाट पीडित रहेका थिए । उनको भोलि दिउँसो अन्त्येष्टि गरिने परिवारले जनाएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्